राष्ट्र बैंकको राहत : ब्याजदर दुई प्रतिशतले कम, दश प्रतिशतसम्म थप कर्जा दिन सक्ने

 बैशाख १६, २०७७ मंगलबार १९:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्रबैंकले  कोरोना प्रभावित व्यवसायको लागि राहतस्वरुप ब्याजदरमा सहुलियतको व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै कोरोना प्रभावित व्यवसायको ब्याजदर दुई प्रतिशत विन्दुले घटाउन भनेको हो । यसबाट ऋणीहरुलाई थप राहत हुनेछ ।

तर दुई प्रतिशत छुट दिँदा आधारदरभन्दा तल पर्नेगरी छुटको लागि भने बाध्यकारी नहुने राष्ट्र बैंकको निर्देशन छ । तर खाद्यान्न प्रशोधन र विक्री वितरण,ग्यास, सोप एन्ड केमिकल्स, औषधी, दूरसञ्चार सेवा प्रदाय, सुर्ती मदिरा उत्पादन तथा बेचविखन व्यवसाय र जलविद्युत क्षेत्रले लिएको कर्जामा भने ब्याजदर घट्नेछैन । 

यस्तै वैशाख र जेठ महिनाको किस्ता असार मसान्तसम्म बुझाउँदा पनि जरिबाना नलाग्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने सबै चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाको साँवा र ब्याजको भुक्तानी अवधि पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । 

यस्तै बैंक तथा वित्तीयय संस्थाले कोरोना प्रभावित व्यवसायलाई चालु पुजी कर्जा दिँदा १० प्रतिशतसम्म धेरै दिनसक्ने भएका छन् । यो व्यवस्था होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रेकिङ, हवाई उड्डयन, मनोरञ्जन उद्योग, अस्पताल पोल्ट्री व्यवसायको ऋणको लागि लागू हुनेछ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया