अछामका एक व्यक्तिको भारतमा हत्या

 वैशाख १७, २०७७ बुधबार १४:२५:० | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम - भारतमा रहेका अछामका एक व्यक्तिको ड्युटीमा बेला भएको आक्रमणका कारण ज्यान गएको छ ।

कमलबजार नगरपालिका-९, मष्टाबण्डाली घेगडका ५० वर्षीय जुक्ते रावतको भारतको हरियाणा राज्यको यमुनानगरमा  आक्रमणका कारण ज्यान गएको हो।

मंगलबार राति ड्युटीमा रहेको बेला एक जना भारतीयले आक्रमण गर्दा गम्भीर घाइते भएका रावतको उपचारका लागि पीजीआई हस्पिटल चण्डीगढ लैजाने क्रममा हरियाणाको पंचकुला भन्ने ठाउँमा बुधबार बिहान मृत्यु भएको उहाँका नाति धिरज रावतले जानकारी दिनुभयो ।

गम्भीर कुटपिट गरी नालीमा फ्याक्ने क्रममा प्रहरीले देखेर आक्रमणकारीलाई समेत पक्राउ गरी प्रहरी चौकीमा राखिएको उहाँले बताउनुभयो । मृतकका २ छोरा र १ छोरी रहेका आफन्तले जनाएका छन् ।

हत्यारालालाई कडा कारबाहीको माग गरिएको हाल भारतमै रहेका मृतकका भाइ शेरबहादुर रावतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया