एक हप्ताका उपलब्धि पठाउन वा राजीनामा दिन सङ्घीय कर्मचारीलाई ट्...
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – बलिवुड दिग्गज अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । हिजो मात्रै अर्का चर्चित अभिनेता इरफान खानको निधन भएको थियो भने आज फेरि बलिवुड फिल्म उद्योगले अर्का स्टार अभिनेतालाई गुमाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले अभिनेता ऋषि कपूरकाे निधनप्रति दुःख व्यक्त गरेका छन् । ऋषि कपूर क्षमताकाे पावरहाउस रहेकाे र फिल्मप्रति विशेष लगाव तथा देश विकासमा सधैँ ध्यान दिने भन्दै माेदीले ट्वीट गरेका छन् ।
— Narendra Modi (@narendramodi) April 30, 2020
बलिवुडका महानायक अमिताभ बच्चनले ट्वीट गरेर ऋषि कपूरको निधनप्रति शोक व्यक्त गरेका छन् । बच्चनले ट्वीटमा लेखेका छन्, ‘उनी यो संसार छोडेर गए ..! ऋषि कपूर यो संसार छोडेर गइसके । म बर्बाद भएको छु ।’
अहिले यो ट्वीट हटाइएको छ ।
अभिनेता ऋषि कपूरको निधनको खबर सार्वजनिक भएसँगै पूरै बलिवुड शोकमा डुबेको छ । कलाकारहरुले सामाजिक सञ्जालमार्फत ऋषि कपूरलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
अभिनेता अक्षय कमारले ट्वीटरमा लेखेका छन्, ‘यस्तो लाग्दैछ कि म कुनै भयानक सपना देखिरहेको छु । मलाई भर्खरै ऋषि कपूरको निधन भएको थाहा भयो । यो हृदयविदारक हो । उनी दिग्गज कलाकार, उत्कृष्ट सहअभिनेता हुन् र मेरो परिवारका असल मित्र हुन् ।
— Akshay Kumar (@akshaykumar) April 30, 2020
अभिनेत्री जुही चावलाले लेखेकी छिन्, ‘यो हुन सक्दैन, यो हुनु हुँदैन थियो । यो निकै नै दुखद हो । म यति हैरान भएकी छु कि यहाँहरुलाई बताउनका लागि मसँग शब्दहरु नै छैनन् ।
— Juhi Chawla (@iam_juhi) April 30, 2020
अभिनेत्री अनुष्का शर्माले एकपछि अर्को दुखद खबर भएको बताएकी छिन् ।
— Anushka Sharma (@AnushkaSharma) April 30, 2020
प्रियङ्का चोपडाले पनि ऋषि कपूरलाई श्रद्धाञ्जली दिँदै कपूरकी श्रीमती नीतु कपूर, छोरी रिधिमा तथा छोरा रणबिर कपूरलगायत कपूर परिवारलाई समवेदना दिएकी छिन् ।
— PRIYANKA (@priyankachopra) April 30, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।