‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
चैत ४, २०८१ सोमबार
विस्तारको क्रममा रहेको कलंकीदेखि कोटेश्वर सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । यो सडकखण्डको बालकुमारीदेखि सानेपासम्ममा मात्रै ६ महिनाको अवधीमा ८ जनाको ज्यान गएको ट्राफिक प्रहरी परिसर ललितपुरले जनाएको छ ।
परिसरका अनुसार ८ लेनको भएपछि यो सडकखण्डमा २ सय २९ वटा दुर्घटना भएका छन् । जसमा ८ जनाको ज्यान गएको छ भने १ सय ९ जना घाइते भएका छन् । दुर्घटनामा परि दुईजना पैदलयात्रु, मोटरसाइकल पछाडि बस्ने २ जना र मोटरसाइहकल चालक ४ जनाको ज्यान गएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग्वार्कोको बिएण्डबी अस्पताल अगाडिको ओरालोमा मात्रै ७८ वटा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो । यो क्षेत्रमा दुर्घटना बढेपछि बिएण्डबी अगाडि बढी दुर्घटना हुने क्षेत्र भन्दै सचेत हुन आग्रह गरिएको होडिङबोर्ड पनि राखिएको छ ।
सडक सुरक्षासम्बन्धी ट्राफिक लाइट, जेब्रा क्रसिङ, डिभाइडर, लगायतका ट्राफिक संकेत नभएको तथा चालकले तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना बढेको पनि प्रहरी प्रमुख हाछेथुको भनाई छ । उहाँले दुर्घटना कम गर्न अस्थायी रुपमा भएपनि जेब्रा क्रसिङ राख्न चक्रपथ विस्तार आयोजनालाई आग्रह गर्नुभएको छ ।
आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले भने सडक विस्तारको काम अझै बाँकी रहेकाले सडक सुरक्षासम्बन्धी ट्राफिक संकेत नराखिएको बताउनुभयो । उहाँका अनुसार अहिले कोटेश्वरदेखि सानेपासम्म पहिलो चरणको कालोपत्रे सकिएको हो । सानेपादेखि बल्खुसम्म एक चरणको कालोपत्रे सकिएपछि फेरि कोटेश्वरदेखि कलंकीसम्म नै अर्को चरणको कालोपत्र गर्ने र त्यसपछि मात्रै ट्राफिक संकेत राख्ने उहाँको भनाई छ ।
यस्तै आउँदो साउन महिनासम्ममा सक्ने लक्ष्य राखिएको काम पुससम्ममा मात्रै सक्ने आयोजनाको तयारी छ । अहिलेसम्म सडक विस्तारको काम ९३ प्रतिशत सकिएको छ । मनसुन सुरु हुन लागेकाले विस्तारको जिम्मा लिएको चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले मनसुनपछि मात्रै सडक विस्तारको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
कंलकीदेखि कोटेश्वरसम्मको सडकखण्ड तीन वर्षभित्र ८ लेनको बनाउने गरि २०७० साल भदौदेखि काम सुरु भएको हो । तर २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण ढिलाई भएको भन्दै पोहोर एक वर्षको समय थपिएको थियो । यद्यपी आउँदो साउनसम्ममा पनि सडक विस्तारको काम सम्पन्न नहुने देखिएको छ । मनसुनमा कालोपत्रे गर्न नसकिने र पानी परेपछि सडकमा कतै खाल्डाखुल्डी देखिने त्यो पनि पुर्ने काम गरेर आउँदो पुस अन्तिमसम्ममा मात्रै नेपाल सरकारलाई हस्तान्तरण गर्ने चिनियाँ कम्पनीको तयारी रहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kiran thapa
June 3, 2018, 8:42 a.m.Kina po nabadus Nepali pakhe harulai sidha bato ramro bato dhekhna napako speed batareko batarai Ani na jakkera hunxa...kei maexan Ani sikxan