युक्रेन युद्धबारे ट्रम्पले भाेलि पुटिनसँग कुरा गर्ने
चैत ४, २०८१ सोमबार
काठमाडौं, जेठ १३ – त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउन सुरु गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डाक्टर तीर्थराज खनियाँले एकै दिनमा लब्धांक पत्र उपलब्ध गराउन ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ सेवाको उद्घाटन गर्नु भएको हो ।
कीर्तिपुरमा रहेको विश्वविद्यालयमा सुरु गरिएको यो सेवाले लब्धांक पत्र लिनका लागि महिनौं कुर्नुपर्ने कठिनाईलाई सहज बनाएको खनियाँले बताउनुभयो । उपकूलपति खनियाँले विश्वविद्यालयलाई प्रविधिमय बनाउँदै लैजाने बताउनुभएको छ । यो प्रविधि सुरु भएसँगै २४ घण्टा भित्र विश्वविद्यालयका विद्यार्थीहरुले आफनो लब्धांक पत्र लिन पाउनेछन ।
विश्वविद्यालयले परीक्षासम्बन्धी सबै व्यवस्थापन अनलाइन सेवाबाट विस्तार गर्ने योजना पनि अघि सारेको छ । विश्वविद्यालयले संघीय संरचना अनुसार प्रदेश र क्षेत्रीय स्तरमा पनि शाखा कार्यालय खोल्ने योजना बनाएको पनि उपकूलपति खनियाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।