थप ९ जनामा कोरोना सङ्क्रमण

 जेठ २, २०७७ शुक्रबार ८:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरी थप नौ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि उहाँले बताउनुभयो । योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ५८ पुगेको छ ।

हिजो बेलुकी विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका एक जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३६ पुगेको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • विश्वराज भणडारी

    May 15, 2020, 8:47 a.m.

    नेपालमा पछिल्लाे हप्ता संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ । दिनमा २००० भन्दा कम पिसिअार टेष्ट हुँदासमेत दिनहुँ थाेरबहुत केसहरू देखिरहनु र उनीहरूलाई काेबाट सर्याे भनेर स्पष्ट स्राेत नभेटिनु नेपालका धेरै क्षेत्रमा काेभिड-१९ काे संक्रमण समुदायमा पुगिसकेकाे प्रमाण हुन् । सम्बन्धित निकायले अाफ्नाे पूर्ण क्षमतालाई परिचालन गरि परिक्षणकाे दायरालाई बिस्तार गर्नु , नाकामा कडाई गर्नु र हरेक नेपालीले जिम्मेवार नागरिककाे हैसियतमा सरकारलाई सहयाेग गर्नु बाहेक बिकल्प के नै हाेला र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया