ठूला आयोजनाको पुनर्सँरचना गरिने, सरकारी फजुल खर्च हटाइने

 जेठ २, २०७७ शुक्रबार १७:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ठूला पूर्वाधार र उत्पादनशील आयोजनामा थप विदेशी लगानी ल्याउने भएको छ ।

शुक्रबार सार्वजनिक भएको आउँदो वर्षको नीति तथा कार्यक्रममा लगानीको आधार सबल बनाउने, आन्तरिक राजस्वलाई सार्वजनिक स्रोतको आधार बनाउने, सार्वजनिक, निजी र सहकारीको लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित बनाउने उल्लेख छ ।

विकास आयोजना निर्धारित समय र लागतमा सम्पन्न गरिने पनि नीति तथा कार्यक्रममा समेटिएकाे छ । अहिले सञ्चालनमा रहेका आयोजनालाई पुन प्राथमिकीकरण र पुनर्सँरचना गरिने कार्यक्रममा उल्लेख छ । फजुल खर्च कटौती गर्ने र चालु खर्चमा मितव्ययिता अपनाइने उल्लेख छ ।

प्रदेश र पालिकाबाट पनि केन्द्रसँग नबाझिने गरी विकासलाई तीव्रता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया