औद्योगिक क्षेत्रको पूर्वाधारमा सरकारले लगानी बढाउने

 जेठ २, २०७७ शुक्रबार १८:१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - औद्योगिक क्षेत्रको पूर्वाधारमा सरकारले लगानी बढाउने भएको छ । 

४५ पालिकामा औद्योगिक ग्राम स्थापना गर्ने काम अघि बढेको र यसलाई सबैमा विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विभिन्न ठाउँमा औद्योगिक क्षेत्रको लागि काम थालिने कार्यक्रममा उल्लेख छ । 

सरकारी स्वामित्वमा रहेको बन्द तथा रुग्ण उद्योग उपयुक्त विधिबाट अधिकतम क्षमतामा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई विशेष प्रोत्साहन गरिने भएको छ । 

स्थानीय स्रोत साधनको उपयोग गरेर लघु, घरेलु तथा साना र मझौता उद्योग स्थापना गर्न प्रेरित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कम्पनी दर्ता, नवीकरण र खारेजी प्रक्रिया छिटो बनाउने, गुणस्तरलाई ध्यान दिने, गुणस्तर प्रमाण केन्द्रको विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया