पेट्रोलियम पाइपलाइन चितवनसम्म ल्याइने

 जेठ २, २०७७ शुक्रबार १८:६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले चितवनसम्म पेट्रोलियम पाइपलाइन बनाउने भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपाइनलाई चितवनको लोथरसम्म ल्याइने आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै, भारतको सिलगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउन अध्ययन सम्पन्न गरेर निर्माण प्रक्रिया थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • pravat parajuli

    May 15, 2020, 6:49 p.m.

    हामी २१ औं शताब्दीको यात्रामा छौं / सरकारको यो कदम केहि हदसम्म ठीक होला , तर आब यस्तो क्षेत्रमा भन्दा इलेक्ट्रिक भेहिकल या अन्य बिजुलीवाट चल्ने गाडी प्रयोग गर्ने तर्फा हामीले ध्यान दिंदा अझ बढी सबल हुन सकिन्छ कि ?? यो लगानी केहि समय पछि खेर जान सक्छ ..त्यसैले दीगो विकासको बारेमा सोच्ने कि ??

  •  0 Reply

तपाईको प्रतिक्रिया