९१ प्रतिशत नेपालीमा खानेपानी पुर्याइएको दाबी, ३ वर्षभित्र शतप्रतिशत घरमा पुर्याइने

 जेठ २, २०७७ शुक्रबार १८:२८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडै - सरकारले अबको ३ वर्षभित्र सबै घरमा खानेपानी पुर्याउने लक्ष्य लिएको छ । 

अहिले ९१ प्रतिशत नेपाली नागरिकको पहुँचमा खानेपानी पुर्याइएको दाबी गर्दै सरकारले ३ वर्षभित्र शत प्रतिशत नेपालीको घरमा खानेपानी पुर्याउने जनाएको हो । 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षमा ९४ प्रतिशत घरमा खानेपानी पुर्याइने  बताउनुभयो ।

खानेपानी समस्या रहेका ठाउँहरुमा सातै प्रदेशमा एम्बुलेन्स सेवा पुर्याइएको र त्यसलाई थप विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै आउँदो आर्थिक वर्षभित्र मेलम्ची खानेपानीको आयोजना निर्माण गरिसक्ने सरकारले जनाएको छ । अरु खानेपानी आयोजनाको दोस्रो चरणको काम पनि सुरु गरिने भएको छ । 

त्यस्तै शुद्ध खानेपानी आपूर्तिका लागि कर्णाली लगात ठाउँमा विस्तृत अध्ययन गरिने भएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया