भारतीय सेनापतिले भनाइ सच्याउनुपर्छ : नारायणकाजी श्रेष्ठ

 जेठ ३, २०७७ शनिबार १२:४३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्ने बताउनुभएको छ ।

भारतीय सेना प्रमुख मनोज नरभानले नेपालले अरु कसैको उस्काहटमा लिपुलेकको विषय नेपालले उचालेको आरोप लगाएका थिए । तर आज नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखको भनाई खण्डन गर्दै फिर्ता लिन आग्रह गर्नुभएको छ ।

ट्वीटमार्फत श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भुमि भएको र भारतले नेपालको भुमिमा सडक बनाएको बताउनुभएको छ । उहाँले नेपाल आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतामा अडिग रहेको पनि उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया