नेपालले कसैकाे इसारामा लिपुलेककाे मुद्दा उचाल्याे : भारतीय सेना प्रमुख

 जेठ २, २०७७ शुक्रबार २०:१०:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतका सेना प्रमुख मनोज नरवानेले नेपालले लिपुलेकमा भूमि मिचिएको विषय अरुको इसारामा उचालेको हुन सक्ने आरोप लगाएका छन् ।  

भारतीय रक्षा मन्त्रालय अन्तर्गतको थिङ्क ट्याङ्क द मनोहर पर्रिकार इन्स्टिच्युट अफ् डिफेन्स स्टडिज एण्ड एनालाइसिस आइडीएसएले गरेको कार्यक्रममा उनले नाम उल्लेख नगरि नेपालले लिपुलेकको मुद्दा अरु कसैको इसारामा उचालेको आरोप लगाएका हुन् । 

उनले नेपाली भूमि काली नदी पूर्व रहेको तर भारतले बनाएको बाटो पश्चिममा रहेको दाबी गर्दै भारतले बनाएको सडकबारे नेपाली पक्षले आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् । सेना प्रमुख नरवानेले यो सडक कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि छोटो भएकाले यसमा कुनै विवाद नरहेको धारणा राखे । 

भारतले गएको हप्ता नेपाली भूमि हुँदै निर्माण गरेको ८० किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालले आपत्ति जनाउँदै आएको छ । तर भारतले भने सडक आफ्नै भूमिमा बनेको दाबी गर्दै आएको छ । 

विस्तृतमा पढ्न यहाँ जानुहाेस्– https://www.thehindu.com/news/national/new-kailash-mansarovar-road-nepal-may-have-raised-issue-on-someone-elses-behest-says-army-chief/article31590732.ece?homepage=true 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया