सेनाले किनेको औषधी जहाजमार्फत नेपाल आइपुग्यो

 जेठ ६, २०७७ मंगलबार १०:५९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली सेनाले खरिदको जिम्मा पाएको केही औषधी र उपकरण नेपाल आइपुगेको छ ।

सेनाले गरिद गरेको कुल २ सय ४२ टन औषधीमध्ये झण्डै ४० टन हवाइजहाजमार्फत ल्याउने सम्झौता भएको थियो । मंगलबार नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत चीनको ग्वान्झाउबाट झण्डै १९ टन अत्यावश्यक औषधी तथा उपकरण नेपाल आइपुगेको हो ।

सम्झौता अनुसार फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीले मंगलबार औषधी तथा उपकरण ल्याएको हो । अर्को जहाज पनि छिट्टै चीन जाने तयारी रहेको सेनाले जनाएको छ । सेनाले जहाजमार्फत औषधि ढुवानीको लाग झण्डै ४ करोड रुपैयाँ मा र झण्डै ३ करोडमा स्थलमार्गबाट ढुवानीको सम्झौता गरेको थियो । स्थलमार्गमार्फत पनि पहिलो चरणमा १० कन्टेनर सामान नेपाल आइसकेको छ । अरु सामान बाटोमा रहेको छ ।

नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार डलर अर्थात झण्डै २ अर्ब २५ करोड रुपैयाँको ३ सय ४२ टन औषधी र उपकरण ल्याउन चीनको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता गरेको थियो । 

यस्तै भारतसँग १ करोड ५० लाख भारु अर्थात २ करोड ४० लाख रुपैयाँमा ५३ प्रकारका औषधी किन्न सम्झौता भएकोमा भारतबाट पनि छिटै नै ल्याउने तयारी भइरहेको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया