गुल्मीका सङ्क्रमितकाे उपचार भइरहेकाे छ, समाचार दिँदा हतार नगरौँ : मन्त्रालय

 जेठ ७, २०७७ बुधबार १७:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काेराेना सङ्क्रमण देखिएका गुल्मीकाे एक जनाकाे रुपन्देहीकाे क्रिमसन अस्पतालकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ । 

बिरामीकाे स्वास्थ्य अवस्था गम्भीर रहेको तर भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बिरामीको बारेमा केही सञ्चारमाध्यमले अपुष्ट खबर जथाभाबी सम्प्रेषण गरेकाे भन्दै यस्तो संवेदनशील विषयमा संयमता अपनाउन आग्रह गर्नुभयो ।

गएको १ गतेदेखि क्रिमसन अस्पतालमा गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुषको उपचार भइरहेको छ ।

यसअघि अस्पताल प्रशासनले पनि विज्ञप्ति निकालेरै गलत र भ्रामक खबर नछाप्न तथा त्यस्ता समाचारकाे पछि नलाग्न आग्रह गरेकाे थियाे । 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया