बङ्गलाकाे खाडीमा बनेको शक्तिशाली चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव

 जेठ ७, २०७७ बुधबार १८:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मौसमविद्ले बङ्गालको खाडीमा बनेको शक्तिशाली चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव परेको बताएका छन् ।

मौसमविद् सजिना शाक्यका अनुसार अम्पुन नामक शक्तिशाली चक्रवातको प्रभावले विशेष गरी नेपालको पूर्वी क्षेत्रमा केही प्रभाव परेको छ । अहिले पूर्वी क्षेत्रका केही ठाउँमा मौसम बदली भएको छ भने केही ठाउँमा पानी परेको छ ।

चक्रवात र सथानीय वायुको प्रभावले काठमाण्डाैसहित मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परेको मौसमविद् शाक्यले बताउनुभयो ।

मौसमविद्ले अम्पुन नामक चक्रवातको प्रभावकाे कारण पूर्वी र केही मध्य क्षेत्रमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले यो चक्रवातको प्रभाव दुई तीन दिनसम्म देखिने जनाएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया