नयाँ नेपाली नक्सा मान्य छैन : भारत

 जेठ ७, २०७७ बुधबार २२:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले बुधबार जारी गरेको नयाँ नक्सा नमान्ने भारतले जनाएकाे छ ।

नेपालले एकतर्फी रुपमा संशाेधित नयाँ नक्सा जारी गरेकाे भन्दै भारतले त्याे आफूलाई मान्य नहुने बताएकाे छ । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति नै निकालेर नयाँ नक्साकाे बारेमा प्रतिक्रिया दिएकाे हाे । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेकाे नयाँ नक्सामा भारतीय क्षेत्रकाे केही भाग रहेकाे आराेप लगाएका छन् । अनुरागले भनेका छन्, 'याे एकतर्फी काम तथ्यमा आधारित छैन । याे द्विपक्षीय सम्झाैता विपरीत छ । क्षेत्रीय दाबीकाे यस्ताे कृत्रिम विस्तार भारतले स्वीकार गर्ने छैन ।'

साथै उनले नेपाल सरकारले भारतकाे सम्प्रभुता र क्षेत्रीय अखण्डताकाे सम्मान गर्नुपर्ने आग्रह गरेका छन् । 'हामीलाई आशा छ नेपाली नेतृत्वले सीमा मुद्दाकाे बारेमा राजनीतिक वार्ताकाे लागि सकारात्मक वातावरण बनाउनेछ', श्रीवास्तवले भने । 

नेपालले आज लिम्पियाधुरा कालापानी र लिपुलेक भूमिसहितकाे नयाँ नक्सा सार्वजनिक गरेकाे हाे । 

अन्तिम अपडेट: चैत ९, २०८०

1 Comments

  • Laxman sen

    May 21, 2020, 12:44 a.m.

    we also never accept India decision limpiyadhura limpulake and kalapani is our anyhow we will get owners lands Nepal is ready for every thing to return owners land ......, Go back India Go back India ...,Go back India.........,

  •  0 Reply

तपाईको प्रतिक्रिया