ब्रिस्बेन र सिड्नीपछि क्यानबेरा उड्दै नेपाल एअरलाइन्स

 जेठ ८, २०७७ बिहीबार १६:१२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक बोकेर ब्रिस्बेन र सिड्नी गएको नेपाल एअरलाइन्स अब अस्ट्रेलियाकाे क्यानबेरा पनि जाने भएको छ ।

आउँदाे जुन ८ तारिख अर्थात् जेठ २६ गते क्यानबेराको लागि नेपाल एअरलाइन्सको जहाज प्रबन्ध भइसकेको नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले जानकारी दिएकाे छ । 

दूतावासले भनेको छ, ‘नेपाल एअरलाइन्सले दुई देशको राजधानीविच पहिलो पटक उडान गर्नेछ ।’

२०७६ सालको चैत १९ गते २ सय ५७ जना अस्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक बोकेर नेपाल एअरलाइन्स ब्रिस्बेन गएको थियो भने वैशाख २४ गते २ सय ८१ जना यात्रु बोकेर सिड्नी उडेको थियो । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया