झापाका ८ सहित थप ९ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ४५३ पुग्याे

 जेठ ८, २०७७ बिहिबार १६:४१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा थप नाै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे पछिल्लो पटक रुपन्देहीमा एक र झापाका आठ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएकाे हाे ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुष तथा झापाका १७ वर्षका, दुई जना १८ वर्षका, दुई जना २० वर्षका, २३ वर्षका, ५२ वर्षका र ५५ वर्षकालाई कोरोना पुष्टि भएको हो ।

यसअघि आजै बिहान १७ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ५३ पुगेको छ भने तीन जनाकोे ज्यान गएको छ । ४९ जना उपचारपछि निको भएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया