प्रधानसेनापती म्यारथनको उपाधि पुरुषतर्फ खड्गबहादुर खड्का र महि...
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले लकडाउनकाे कारण भोग्नुपरेको समस्या समाधान गर्न माग गरेका छन् ।
कक्षा भएको आधारमा मात्र पारिश्रमिक पाउने आंशिक प्राध्यापकलाई गुजारा गर्नै समस्या हुन थालेकाेले समस्या समाधान गर्न नेपाल आंशिक प्राध्यापक सङ्घले माग गरेको हो ।
कतिपय क्याम्पसले आंशिक प्राध्यापकलाई शैक्षिक सत्रको सुरुमै दिनुपर्ने नियुक्ति नदिएको, लकडाउनभन्दा महिनौँ अघिदेखिको पारिश्रमिक पनि नपाएको अवस्थामा लकडाउनकाे कारण कक्षा बन्द भएपछि हजारौँ आंशिक प्राध्यापक समस्यामा परेको सङ्घले जनाएको छ ।
सङ्घले विज्ञप्ति निकालेर केही क्याम्पसले अनलाइन कक्षा सुरु गरे पनि आंशिक प्राध्यापकलाई कक्षा नदिइएको, केहीमा कक्षा दिइए पनि पारिश्रमिक नपाएकोजस्ता समस्या रहेकाेले लकडाउनभरिको राहत दिने प्याकेज ल्याउन पनि माग गरेको छ ।
राहत नदिइए विश्वविद्यालयका सबै शैक्षिक तथा प्राज्ञिक गतिविधिबाट आफूहरुलाई अलग राख्न बाध्य हुने त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि कार्यरत आंशिक शिक्षकलाई करार गर्ने निर्णय २०७४ साल मङ्सिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नभएकाले त्यो निर्णय कार्यान्वयन गर्न पनि सङ्घको माग रहेको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।