आज देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

 जेठ ९, २०७७ शुक्रबार ७:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो पूर्व र मध्य क्षेत्रमा पानी पारेको अंपुन चक्रवातको प्रभाव अहिले कमजोर भएर न्यूनचापीय प्रणाली बनेको छ । अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुले पनि यही प्रणाली र स्थानीय वायुको प्रभावले आज पूर्वका थोरै तथा मध्य र पश्चिमी पहाडका एकदुई ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना छ । यसैबीच पानी पर्न कम भएसँगै गर्मी बढ्न थालेको छ ।

अघिल्लो शुक्रबार ३६ दशमलव ८ डिग्री सेल्यिस मापन गरिएको नेपालगन्जको हिजोको तापक्रम ३७ दशमलव ४ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अघिल्लो शुक्रबार २४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको हिजोको तापक्रम २८ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ ।

यसैगरी तापक्रम बढेर भैरहवामा ३६ दशमलव ५ डिग्री, पोखरामा ३२ दशमलव २ डिग्री सेल्सियस र काठमाडौंमा ३० डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । अब पानी पर्न कम भएसँगै विस्तारै तापक्रम बढ्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया