कुम्भमेलाबाट फर्कदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जनाक...
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउने काम समयमै सम्पन्न गर्न संसदीय समितिले सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको सोमबारको बैठकले मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकामहरुमा दुई वर्षभित्र फाइबर बिच्छ्याउने सम्झौता भए पनि सन्तोषजनक काम नभएको भन्दै यस्तो निर्देशन दिएको हो ।
सम्झौता अनुसारको निर्माण कार्यप्रगति न्यून देखिएको उल्लेख गर्दै समितिले स्पष्ट कार्य योजना बनाएर गुणस्तरीय रुपमा काम गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।
समितिले आउँदो आर्थिक वर्षमा देशका सबै जिल्लामा रहेको पालिका र वडाहरुमा रहेका शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा विस्तार गर्ने गरी योजना प्राथमिकतामा राख्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताउनुभयो । अहिले देशका ४१ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ ।
समितिले शिक्षा, उद्योगलगायत राज्यका हरेक क्षेत्रका संरचनालाई प्रविधिमैत्री बनाउने योजनामा पनि काम गर्न निर्देशन दिएको छ ।
समितिले कोभिड-१९ ले देशमा बेरोजगारीको अवस्था निर्माण गरी आर्थिक मन्दी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादन र जनशक्ति परिचालन गरी काम गर्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।