थप १२ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ७ सय पुग्यो

 जेठ १३, २०७७ मंगलबार ११:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मङ्गलबार बिहान थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको अनुसार आज बिहान सङ्क्रमण पुष्टि हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका दुई दुई जना रहेका छन् । उनीहरु केही दिनअघि भारतबाट आएका थिए ।

योसँगै देशमा कारोना सङ्क्रमित हुनेको सङ्ख्या ७ सय पुगेको छ । कर्णाली प्रदेशमा अहिलेसम्म २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


 

अन्तिम अपडेट: असार ८, २०७७

तपाईको प्रतिक्रिया