कुम्भमेलाबाट फर्कदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जनाक...
फागुन १०, २०८१ शनिबार
बर्दिया – बर्दिया गेरुवा गाउँपालिकाको एउटा कृषि फर्ममा आगलागी हुँदा एक सय ३१ वटा बाख्रा जलेर मरेका छन् । बाख्रा फर्ममा रहेका एक जना कामदार भने आगोमा जलेर घाइते भएका छन् ।
गेरुवा गाउँपालिका वडा नम्बर ३ भगतपुर गाउँमा रहेको न्यू कालिका कृषि विकास उपज फर्ममा आगलागी हुँदा बाख्रा, खसी, बोका, पाठापाठी गरी एक सय ३१ वटा बाख्रा जलेर मरेकाे नेपाल बाख्रा पालन व्यवसायी महासङ्घ बर्दिया संयोजक मिनबहादुर थापाले जानकारी दिनुभयो ।
फर्ममा जडान गरेको विद्युत् लाइन सर्ट भइ आगो लागेको र फर्म पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट खोर र बाख्रासमेत गरी झण्डै एक करोड रकम बराबरको क्षति भएको फर्म सञ्चालक विजय चलाउनेको दाबी रहेको बाख्रा पालन व्यवसायी महासङ्घ संयोजक थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।