कुम्भमेलाबाट फर्कदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जनाक...
फागुन १०, २०८१ शनिबार
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । गाउँपालिकाको लेटर प्याडमा विज्ञप्ति निकालेर अध्यक्ष पोख्रेलले आफूलाई कोरोना लागेको र यसलाई लुकाउनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।
उहाँले आफू स्वाबको नमुना दिएपछि जिल्ला सदरमुकामभन्दा बाहिर नगएको तर आफ्नो सक्रियताका कारण गाउँपालिका नै कोरोनाको उच्च जोखिममा रहेको स्वीकार गर्दै उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।
आफ्नो अवस्था सामान्य रहेको र अब एकान्तवासमा बस्दा गाउँपालिकाको विकास र कोरोनाविरुद्ध लड्ने योजना बनाउने अध्यक्ष पोख्रेलको भनाइ छ ।
उहाँले सङ्क्रमणको जोखिमका कारण धुर्कोट गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पूर्णरुपमा बन्द हुने पनि जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।