कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जना...
फागुन १०, २०८१ शनिबार
काठमाण्डाै – देशभरि रहेको १५ हजार किमीभन्दा धेरै पीच सडकमध्ये केपी शर्मा ओली नेतृत्वको सरकारले मात्रै ३६ सय किलोमिटर सडक पिच गरेको दाबी गरिएकाे छ ।
अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा २०७६ सालको फागुनसम्म १५ हजार दुई सय ५४ किमी पिच सडक रहेको उल्लेख छ । यस्तै खण्डास्मित नाै हजार दुई सय ५१ किमी र नाै हजार आठ सय ४२ किमी कच्ची गरेर ३४ हजार तीन सस ४७ किमी सडक सङ्घीय सरकार माताहत रहेको प्रक्षेपणमा उल्लेख छ ।
प्रदेश र पालिकाबाट ६१ हजार तीन सय ९५ किमी सडक निर्माण भएको छ । पिच भएको १५ हजार दुई सय ५४ किमीमध्ये ३६ सय किमी सडक केपी शर्मा ओली नेतृत्वको सरकारले नै बनाएको दाबी गरिएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यै सरकार गठन भएपछि ३६ सय ६३ किमी सडक पिच गरिएकाे दाबी छ । २०७४ सालको फागुनमा केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि अहिलेसम्म ३६ सय ६३ किमि सडक पिच भएको जनाइएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।