बझाङ : क्वरेण्टीनमा बसेकाहरुले आफैँ खानाको जोहो गर्नुपरेको गुनासो

 जेठ १४, २०७७ बुधबार १८:३३:५० | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङको जयपृथ्वी नगरपालिकाले निर्माण गरेको क्वरेण्टीनमा बसेकाहरुले खान नपाएको गुनासो गरेका छन्। 

भारतको काँसीपुरबाट आएर क्वरेण्टीनमा बसेकाहरुले खाना पाएको गुनासो गरेका हुन् । उनीहरुले बझाङकाे सदमुकाम चैनपुरमा एक जनाको दीदीको कोठामा गएर खाना बनाएर खाने गरेको बताएका छन् । क्वरेण्टीनमा अहिले १२ जना राखिएको छ । 

स्थानीय जनप्रतिनिधिलाई यसबारे जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको उनीहरुले बताए । कोरोनालेभन्दा भोकले मर्ने चिन्ता लागेकाले आफ्नो खाने व्यवस्था आफैँ गरेको क्वरेण्टीनमा बसिरहेकाको भनाइ छ ।

 ‘क्वरेण्टीनमा खाने कुराको व्यवस्था छैन । भोकै मरिने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । मापदन्ड अनुसारको क्वरेण्टीनको व्यवस्था नुहँदा निक्कै दुःख  पाइएको छ’, उनीहरुले भने । उनीहरुले क्वरेण्टीनमा खाने बस्ने व्यवस्था मिलाइदिने सम्बन्धित निकायसँग आग्रह गरेका छन् । 

अहिले नगरपालिकाले निर्माण गरेका विभिन्न क्वरेण्टीनमा ९ जना बालबालिका, १२ जना पुरुष र २ जना बालबालिकासहित २३ जना बसेका छन् । बझाङ जिल्लाभर निर्माण गरिएका ९३ ओटा क्वरेण्टीनमा १ हजार ८३ जना नागरिक राखिएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया