भूमि बैंक र सामूहिक खेती गर्नेलाई मात्रै शीत भण्डारणको व्यवस्था

 जेठ १५, २०७७ बिहिबार १७:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भूमि बैंकमार्फत र सामूहिक खेती गर्नेलाई मात्रै शीत भण्डारणको व्यवस्था गर्ने भएको छ । त्यसका लागि पालिकामार्फत एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि उपज खरिद गर्ने, खाद्य गोदामको मर्मत गर्नेलगायत काममा बजेट खर्च हुनेछ । यस्तै सबै पालिकामा एक कृषि एक पशु सेवा स्वास्थ्यकर्मीका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

सरकारले किसानले कृषिजन्य वस्तु उत्पादन भएपछि मात्रै बीमाको प्रिमियम तिर्ने व्यवस्था मिलाउने भएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया