राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ६ अर्ब

 जेठ १५, २०७७ बिहीबार १८:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ६ अर्ब रुपैयाँ विनियोजन घोषणा गरेको छ । यो कार्यक्रम विस्तार गरी कक्षाकोठा निर्माण, प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, खेल मैदानलगायतका पूर्वाधार विकास कार्यक्रमलाई अघि बढाइनेछ ।

सार्वजनिक विद्यालय सबलीकरणको लागि यही कार्यक्रमलाई अघि बढाइनेछ । माध्यमिक तहदेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिँदै पालिकाका न्यूनतम एक विद्यालयमा प्राविधिक धारको पठनपाठन सञ्चालन गर्ने कार्यक्रम सरकारले घोषणा गरेको छ ।

यस अन्तर्गत अहिलेसम्म ६ सय सात पालिकामा सुरु भइसकेको यो कार्यक्रम आउँदो वर्ष सबै पालिकामा सुरु गरिनेछ । विद्यालय जाने उमेर समूहका बालबालिकालाई भर्ना गरी आउँदो आर्थिक वर्षभित्र आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित गरिनेछ । माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिने बजेटमा उल्लेख छ ।

मातृभाषामा आधारित आधारभूत शिक्षा प्रदान गरिरहेका मदरसा, गुरुकुल र गुम्बालगायतका संस्थालाई आधुनिक शिक्षाको मुलधारमा ल्याइनेछ । साक्षर हुन बाँकी २४ जिल्लामा साक्षरता कार्यक्रम अभियान घोषणा गरेर आउँदो आर्थिक वर्षमा नेपाललाई साक्षर घोषणा गर्ने सरकारले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया