भूकम्पपछिको पुनर्निर्माणकाे काम सक्न ५५ अर्ब रुपैयाँ विनियोजन

 जेठ १५, २०७७ बिहिबार १८:१५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सक्न ५५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले घर, विद्यालयसहित सरकारी भवन तथा अन्य पूर्वाधारका काम आउँदाे आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने बताउनुभयो ।

त्यस्तै धरहरा, रानीपोखरीसहित सम्पदा पुनर्निर्माणको काम पनि आउँदो आर्थिक वर्षमा सक्ने उहाँले बताउनुभयो । अर्थमन्त्री खतिवडाले भूकम्पपछिको 
पुनर्निर्माणका धेरैजसो काम सम्पन्न हुने चरणमा रहेको पनि बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया