भारतीय सञ्चारमाध्यममा आएका खबरप्रति नेपाली सेनाको आपत्ति, अझै बढ्न सक्ने अफवाहप्रति सजग रहन आग्रह

 जेठ १६, २०७७ शुक्रबार ८:४१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली सेनाले केही भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति आपत्ति जनाएको छ ।

हिन्दुस्तान टाइम्समा जेठ १४ बुधबार शिशिर गुप्ताद्वारा लिखित 'In huge setback to PM Oli, Nepal's new political map hits a roadblock ' शिर्षकको तथा tfipost.com मा जेठ १५ गते बिहीबार अक्षय नराङ्गद्वारा लिखित समाचार भ्रामक र काल्पनिक रहेको भन्दै नेपाली सेनाले आपत्ति जनाएको हो ।

बिहीबार राति विज्ञप्ति निकालेर नेपाली सेनाले यी समाचारप्रति ध्यानाकर्षण भएको र यी समाचार भ्रामक दुरासयपूर्ण काल्पनिक र निराधार रहेको स्पष्ट पारेको हो । नेपाली सेनाले यी समाचारले दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित रहेको पनि जनाएको छ । 

राष्ट्रिय एकता थप बलियो बनाउनुपर्ने अहिलेको बेलामा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने मनसायले फैलाइएको यस्ता अफवाहहरुमा विश्वास नगर्न आम पाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई सेनाले अनुरोध गरेको छ ।

नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सधैँ कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै विज्ञप्तिमा आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यस्ता अफवाह फैलाउने प्रयास हुनसक्ने भएकाले सचेत र सजग रहन नेपाली सेनाले अनुरोध पनि गरेको छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया