रुकुम पश्चिम घटनाकाे विराेधमा मैनबत्ती बालेर प्रदर्शन

 जेठ १६, २०७७ शुक्रबार १५:२९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पूश्चिम भएकाे घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले विरोध प्रदर्शन गरेको छ । रुकुममा भएको अमानवीय घटनालगायत देशभरि दलित समुदायमाथि भएकाे घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

सङ्घले काठमाण्डौकाे माईतीघर मण्डलासहित देशभरि विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ । सङ्घका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताउनुभयो । 

यति ठूलो घटना हुँदा पनि राज्य अँध्यारोमा मौन बसेकाले मैनबत्ती बालेर विरोध प्रदर्शन गरिएको उहाँले बताउनुभयो । जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारबाही गरी कम्तीमा पनि देशको नागरिक भएर बाँच्न पाउनुपर्छ भनेर ऐक्यबद्धता जनाउन देशभरि विरोधका कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म पाँच जनाको शव भेटिएको छ । घटनाको प्रतिकात्मक स्वरुप प्रदर्शनमा सहभागीमध्ये पाँच जनाले सेतो कपडा बेरेका छन् । पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरुलाई शहिद घोषणा गर्नुपर्नेलगायत उनीहरुकाे माग छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया