लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले नेपाल चिकित्सक सङ्घलाई एक हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख विद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रिय सभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोभिड–१९ जस्तो अदृश्य शत्रुसँगको लडाइँमा ज्यान जोखिममा राख्दै सङ्क्रमितको उपचारमा निरन्तर खटिरहेका चिकित्सकहरुलाई महानगरपालिकाको तर्फबाट सानो सहयोग गर्न पाउँदा खुसी लागेकाे बताउनुभयो ।
‘दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । यो क्रम कहिलेसम्म निरन्तर रहन्छ भन्ने कुनै निश्चित छैन । यस्तो बेलामा अग्रमोर्चामा खटिएका चिकित्सकहरुलाई मनोबल उच्च बनाएर सङ्क्रमितको उपचारमा खटिन सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ’, प्रमुख शाक्यले भन्नुभयो, ‘तपाईँहरुको ज्ञान–सीपको उच्चतम सदुपयोग गर्ने बेला हो यो । आगामी दिनमा थप सहकार्य र समन्वय गरेर अघि बढ्न काठमाण्डाै महानगरपालिका तयार छ ।’
शाक्यले अन्य ठाउँको तुलनामा काठमाण्डाै अहिले तुलनात्मक रुपमा शान्त रहेको भन्दै ४० लाख बढी जनसङ्ख्या रहेको उपत्यकामा सङ्क्रमण फैलियो भने भयावह अवस्था सिर्जना हुने भएकाले उपत्यकावासीलाई थप सचेतना फैलाउनकाे लागि चिकित्सकहरुको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर कोइरालाले संयमता अपनाउने र बढी चिन्ता नलिने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिने बताउनुभयो । ‘तपाईँ बाहिर जानुभएन भने कोरोनाभित्र आउँदैन,’ कोइरालाले भन्नुभयो, ‘लापर्वाही गरियो भने कोरोनासँगको युद्धमा पराजित भइन्छ ।’
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डाक्टर लोचन कार्कीले काठमाण्डाै महानगरपालिकाको सहयोगले आफूहरु उत्साहित भएको बताउनुभयो । ‘अहिले पनि कार्यक्षेत्रमै चिकित्सकहरुले कुटाइ खानु परेको, मनोबल कमजोर पार्ने खालका गतिविधिको सामना गर्नु परेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यो सहयोगले केही हदसम्म भए पनि कार्य क्षेत्रमा खटिएका चिकित्सकहरुको मनोबल बढ्ने अपेक्षा गरेका छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।