आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौका केही ठाउँमा आज दिनभरी बिजुली नआउने भएको छ ।
कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकी देखी ढुंगेधारा सम्मको चक्रपथ र सितापाइला देखी रामकोटसम्मको सडक विस्तार कार्यको लागि लाइन स्थानान्तरण कार्य तथा भिमढुंगा ११ केभि स्वीच जडान कार्य गरिने भएकाले विजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
आइतबार ११ बजेबाट साँझ ५ बजेसम्म सितापाइला, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत क्षेत्रमा बिजुली काटिने छ ।
निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।