आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ - ग्राहकले अब बिजुलीको मिटर आफै रिडिङ गर्न सक्ने भएका छन् ।
कोरोना रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको हो । इन्टरनेट सुविधा नभएका ग्राहकहरुलाई पनि टोलफ्रि नम्बरमा फोन गरी विद्युत खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यस प्रणालीमार्फत मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओआरजी डट एनपी (https://consumer.nea.org.np) टाइप गरी इन्टर हानेपछि होमपेज खुल्ने छ । त्यसपछि ग्राहकले पहलो पटक रजिष्ट्रेशन गर्नुपर्ने छ । रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नु पर्ने छ ।
पहिलोपल्ट लगइन गरिसकेपछि रजिष्ट्रेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिने छ । त्यसपछि एड कन्जुमर बटन (Add Consumer) क्लिक गरी खुल्ने कन्जुमर रजिष्टे«शन फारममा (Consumer Registration Form) दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्ने छ ।
पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्रि फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्ने छ ।
मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटन क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिने छ । यति गरेपछि खपत भएको विद्युतको महसुल देखाउने । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने छ ।
ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत खपतको वास्तविक अंक राख्नु पर्नेछ । यदि हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रष्ट पारेको छ ।
प्राधिकरण कम्प्युटराइज्ड विलिंग महाशाखाकाअनुसार यो प्रणाली शुरु गरिएपछि करिब २५ हजार ग्राहकहरुले सुरु रजिष्टे«शन गराएका छन् । ८ हजार ग्राहकले आफैं आफ्नो विद्युत मिटरमा चढेको अंक प्रणालीमा राखि समयमै रिडिंग गराई अनलाइनमार्फत महशुल भुक्तानी गरी छुट सुविधा लिएका छन् ।
प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन २ वर्ष अघिदेखि अनलाइनमार्फत विद्युत महशुल भूक्तानी गर्ने सकिने व्यवस्था गरेको हो । हाल सात लाखभन्दा बढी ग्राहले अनलाइन मार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shivprasad Bhandari
Sept. 5, 2020, 11:39 a.m.जस्तो नेपाली हरु पागल छन् तेस्तै सिस्टम् छ केही काम गरदैन भने अनुसार गर्दा नी स्वीकार गरदैन पासबरड लोगिन नै हुंदैन मीटर रिडीगं गराउन थियो पुरा दिन ख़राब भयो
Mukunda dhakal
June 21, 2020, 11:06 p.m.Reading showing less but esewa showing more how is it happen?
Anil jha
June 3, 2020, noonGood
Ram singh
June 2, 2020, 4:52 p.m.I need how much amount
Salim Alam
June 1, 2020, 4:37 p.m.goods ! system pay bill online thanx Nepal electricity
Shushila sitoula
June 1, 2020, 7:44 a.m.Pay bil
Akash
June 1, 2020, 2:50 a.m.Good
Shiva shrestha
May 31, 2020, 2:05 p.m.To pay
ललित कुमार रिमाल
May 31, 2020, 1:34 p.m.नम्बर register भयो । login गरेको invalid login भनेर देखाउछ । pass word कसरी reset गर्ने हो कृपया जानकारी दिनु हुन्छ कि ?