सोती घटनाको अनुसन्धान गर्न  मानव अधिकार आयोगको टोली रुकुम र जाजरकोट प्रस्थान

 जेठ १८, २०७७ आइतबार १३:५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अन्तरजातीय विवाहको विवादमा ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको घटनाको अनुसन्धानको लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम र जाजरकोट प्रस्थान गरेको छ ।

उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वमा रहेको आयोगको टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको कारण, शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको अनुगमन तथा अनुसन्धान गर्नेछ ।

जातीय विभेदसँग सम्बन्धित अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरञ्जित नबनाउन आयोगले आग्रह गरेको छ ।  घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्ने प्रक्रियामा सबै प्रकारको सहयोग पुर्याउन जनप्रतिनिधि, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दा आयोगले आग्रह गरेको छ ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया