लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका आठ लाख घरेलु ग्राहकले निःशुल्क विद्युत् सेवा उपभोग गर्न पाउने भएका छन् ।
अर्थ मन्त्री डाक्टर युवराज खतिवडाद्वारा बिहीबार सङ्घीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत् खपत गर्ने गार्हस्थ ग्राहक (परिवार) लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख छ । प्राधिकरणका त्यस्ता ग्राहक सङ्ख्या आठ लाख छ । विद्युतका झण्डै ४१ लाख गार्हस्थ ग्राहक छन् ।
ती ग्राहक आर्थिक रुपमा विपन्न भएका कारण राहत दिने उद्देश्यले महसुल निःशुल्क दिने व्यवस्था मिलाइएको ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले जानकारी दिनुभयो । ८ लाखमध्ये कतिपयले न्यूनतम शुल्कसमेत बुझाउन नसक्दा प्राधिकरणले विद्युत् लाइन काट्दै आएको थियो ।
‘छुट पाउनेहरु अति विपन्न हुन्’, मन्त्री पुनले भन्नुभयो, ‘विपन्नहरुलाई राहत होस् भन्नका लागि बजेटमै १० युनिटभन्दा कम उपभोग गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको हो ।’
नेपालको इतिहासमै लक्षित ग्राहकका लागि विद्युत निःशुल्क भएको यो पहिलो पटक हो । आगामी १ साउनदेखि नै यो व्यवस्था कार्यान्वयनमा आउने मन्त्री पुनले स्पष्ट गर्नुभयो ।
मन्त्री पुनका अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) काे कारण गत चैतदेखि सबै प्रकारका गार्हस्थ विद्युत् ग्राहकलाई दिइँदै आएको २५ प्रतिशत छुट पनि लकडाउन अन्त्य नहुँदासम्मका लागि निरन्तरता दिइने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
yogendra
June 1, 2020, 7:02 a.m.अधिक्तम 20 युनिट सम्म भैदिएको भए राम्रो हुन्थ्यो कि ?