लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरु विश्वविद्यालयका कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने भएका छन् ।
त्रिवि आंशिक प्राध्यापक सङ्घले विज्ञप्ति निकालेर आफूहरुकाे माग पूरा गर्न पटक-पटक अनुरोध गर्दा पनि सम्बाेधन नभएकाले कक्षा नलिने र अरु सबै प्रकारका शैक्षिक क्रियाकलापमा सहभागी नहुने जनाएको हो । विगत १४ वर्षदेखि अध्यापन गराउँदै आएका आंशिक प्राध्यापकका माग पूरा नभएसम्म शैक्षिक गतिविधिमा संलग्न नहुने सङ्घले जनाएको छ ।
सङ्घले २०७४ साल मङ्सिर ८ गते मन्त्रिपरिषद्ले गरेको त्रिभुवन विश्वविद्यालयमा दरबन्दी थप गरेर आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय कार्यान्वयन र अहिलेसम्मको पारिश्रमिक उपलब्ध नभएसम्म आन्दोलन फिर्ता नहुने पनि जनाएको छ ।
लकडाउनकाे बेलामा पनि आंशिक शिक्षकले कक्षा लिने लगायतका गतिविधिमा संलग्न भइरहेकोमा त्रिभुवन विश्वविद्यालयले पारिश्रमिक उपलब्ध गराउनेलगायत आफूहरुकाे माग पूरा नगरेकाले शैक्षिक कार्यक्रम बहिष्कार गर्नुको विकल्प नभएको सङ्घले जनाएको छ ।
वैशाख १९ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालगायत पदाधिकारीले एक हप्तामा समस्या समाधान गर्ने बताए पनि अझै समस्या समाधान नभएपछि कक्षालगायत शैक्षिक गतिविधिमा सहभागी नहुने निर्णय गर्नुपरेको आंशिक प्राध्यापक सङ्घका अध्यक्ष डाक्टर महेश गजुरेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।