आइतबार काेराेना पुष्टि भएका १६६ जना कहाँका हुन् ?

 जेठ १८, २०७७ आइतबार १७:२१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा आइतबार एकैदिन एक सय ६६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । योसँगै सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रादेशिक प्रयोगशाला पोखरामा गरिएकाे परीक्षणमा तनहुँ रिसिङका एक र स्याङ्जा गल्याङका दुई जनामा सङ्क्रमण देखिएको छ । 

नारायणी अस्पताल वीरगञ्जमा गरिएकाे परीक्षणमा पर्सा पटेर्वा सुगौलीका पाँच जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १३ जना कालीकोटको शुभकालिकाका रहेका छन् । 

कालीकोटकै महवी गाउँपालिकाका पाँच जना, दैलेख दुल्लु, रातापानी र साधुकाका एक/एक जना, नारायण नगरपालिकाका नाै जना, दैलेखकै देवलकानका पाँच जना र बाजुराका जुजनाथका एक जना रहेका छन् । 

सुर्खेतमा गरिएको परीक्षणमा २६ जनामा सङ्क्रमण देखिएकोमा सल्यान कुपिन्डेका २५ जना र सुर्खेतका एक जना छन् । धुलिखेलमा भएको परीक्षणमा कपिलवस्तुका एक जनामा कोरोना देखिएको छ । 

भेरी अस्पतालमा गरिएकाे परीक्षणमा बाँकेको नरैनापुरका दुई जना, खजुराका एक जना, नेपालगञ्जका चार जना र बैजनाथका एक जना गरी आठ जनामा काेराेना सङ्क्रमण देखिएको छ । 

धरानमा गरिएको परीक्षणमा सप्तरी राजगढका १२ जनामा कोरोना देखिएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलाली भजनीका एक जना, जानकीका एक जना, त्रिनगरका एक जना र बाजुराका दुई जनासहित पाँच जनामा कोरोना देखिएको छ । 

कोशी अस्पतालमा गरिएको परीक्षणमा झापा गौरीगञ्जका चार र विराटनगरका एक गरी पाँच जनामा कोरोना देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये धनुषाको मुखियापट्टी क्वरेण्टीनमा रहेका २१ जना, कपिलवस्तु महाराजगञ्जका चार जना, रौतहटको क्वरेण्टीनमा रहेका २९ जना  र सर्लाहीका १० जना रहेका छन् । 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sachit

    May 31, 2020, 11:16 p.m.

    now we are here abudhabi we want come to nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया