घोराहीमा एकैदिन ९ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ १९, २०७७ सोमबार १९:८:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकामा सोमबार थप नाै जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार थपिएका नौ जनासँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ भने घोराही उपमहानगरपालिकामा १८ जना पुगेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ का व्यक्तिहरुमा सङ्क्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायममुकाय रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कोरोना सङ्क्रमणको आशङ्कामा दाङको घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकाबाट सङ्कलन गरिएका दुई सय ३२ नमुना परीक्षण गर्दा नाै जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरुमध्ये घोराही उपमहानगरपालिका १ का ३१ वर्षीय पुरुष र ११ वर्षीया बालिका रहेका छन् । 

त्यसैगरी घोराही उपमहानगरपालिका २ का २६, ४०,४५ र ४६ वर्षीय पुरुष रहेका छन् भने १९ वर्षीया एक युवती रहेकी छिन् । घोराही ५ का ५३ वर्षीय पुरुष र घोराही १७ का २० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएकाे हाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया