सुनचाँदी पसलमा चोरी गर्ने तीन जना काठमाण्डौबाट पक्राउ

 जेठ २०, २०७७ मंगलबार ९:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनचाँदी पसलमा चोरी गरेको आरोपमा काठमाण्डौबाट तीन जना पक्राउ परेका छन् ।

काठमाण्डौ महानगरपालिका सरकारीधाराको नोर सुन चाँदी पसलबाट झण्डै २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाण्डौ गोंगबु बस्ने पोखरा अमरसिंङ चोकका मिलन तामाङ, काठमाण्डौ ठमेल बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका ४ का ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।

लकडाउनको मौका छोपर हुने चोरीका घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट मंगल सुत्र, चन्द्रमा हार, चाँदीको पाउजु सहित विभिन्न गरगहना बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये मिलन तामाङ चोरी कार्यमा संलग्न तथा प्रेम तामाङ र ऋषिमुनि कुमार चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको र उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया