लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कृषि सचिव राजेन्द्रप्रसाद भारीले स्वदेशी उत्पादन नष्ट गर्नु गम्भीर गल्ती भएको बताउनुभएकाे हाे ।
सुरक्षाकाको मापदण्ड पालना गर्दै कृषि सामग्री तथा उपजहरुको ढुवानी तथा बिक्री वितरणलाई नियमित गर्न पटक–पटक आग्रह गर्दा पनि पालिका र जनप्रतिनिधि जिम्मेवार नभनेको भन्दै कारबाहीकाे लागि गृह मन्त्रालयलाई पत्राचार गरेको कृषि सचिव भारीले उज्यालोसँग बताउनुभयो ।
कृषि मन्त्रालयले स्वदेशी उत्पादलाई खाल्डोमा पुर्ने र नष्ट गर्नेमाथि कारबाही भए/नभएको अनुमगन गर्ने जनाएको छ । कृषि सचिव राजेन्द्र भारीले स्थानीय उत्पादनको बजारीकरण र ढुवानीकाे लागि पालिकालाई बजेट उपलब्ध गराएकाले यस विषयमा केन्द्रीय सरकारभन्दा पनि पालिका र किसान आफैँ पनि सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
यस्तै मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यले किसानकोे मनोबल खस्कने, उत्पादन घट्ने र कृषिमा आत्मनिर्भर हुन थप चुनौती हुने भएकाले यस्ता कार्य नगर्न र नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । यस्तो अवस्था फेरि पनि दोहोरिए एक पालिकाबाट अर्को पालिकामा नै स्वदेशी उत्पादनको आयात निर्यात रोकिने र यसले ठूलो नोक्सानी हुने हुँदा ध्यान दिन उहाँको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।