कोरोना र लकडाउनबारे प्रधानमन्त्रीले  विज्ञहरुसँग छलफल गर्दै

 जेठ २१, २०७७ बुधबार १२:४०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञसँग छलफल गर्दै हुनुहुन्छ ।

नेपालमा कोरोनाको अवस्था, अहिलेसम्मको तयारी, अब चाल्नुपर्ने कदम, लकडाउनको मोडालिटी लगायतका विषयमा प्रधानमन्त्रीले बुधबार दिउँसो ४ बजे विज्ञहरुसँग छलफल गर्न लागेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

छलफलमा आर्थिक, योजना, जनस्वास्थ्य, चिकित्सा, नर्सिङ, निजी क्षेत्र लगायत क्षेत्रका झण्डै ३० जना विज्ञ तथा प्रतिनिधिलाई बोलाइएको छ । एकातिर कोरोना सङ्क्रमित बढ्दै गएको र अर्कोतर्फ लकडाउन खोल्नुपर्ने माग उठिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया