​नेकपा र समाजवादी फोरमबीच सहमति, फोरम सरकारमा जाने

 जेठ १४, २०७५ सोमबार १३:२५:२३ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १४ – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा जाने भएको छ ।

सत्तारुढ दल नेकपा र संघीय समाजवादी फोरमबीच सोमबार भएको दुई बुँदे सहमतिमा फोरमले उठाएका संविधान संशोधन लगायतका विषय सरकारले पूरा गर्ने र फोरम सरकारमा सहभागी हुने उल्लेख गरिएको छ ।

यो सहमतिसँगै अब दुई नम्बर प्रदेशमा पनि फोरम र नेकपाको सरकार बन्ने सम्भावना बढेको छ । आइतबार नेकपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया