दाङमा थप चार जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८० पुग्यो

 जेठ २६, २०७७ सोमबार १९:४६:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा थप चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । थपिएका चार जनासँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ८० जना पुगेको छ ।

सोमबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा बङ्गलामुखी गाउँपालिका-१ का ३ पुरुष र घोराही उपमहानगरपालिका-१८ का एक जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभएको छ ।

उनीहरुमध्ये बङ्गलामुखी गाउँपालिका-१ निवासी ३१, ४३ र ७० वर्षीयका पुरुष र घोराही-१८ निवासी ५९ वर्षीय एक पुरुष रहेका छन । उनीहरुमध्ये घोराहीका ५९ वर्षीय पुरुषको भारतको दिल्लीमा ज्यान गएको थियो । ज्यान गएपनि आइतबार घोराही ल्याइएको उनको शवको परीक्षणका क्रममा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया