क्वरेण्टीनमा ज्यान गुमाएका डोटीका युवकको कोरोना रिपोर्ट नेगेटिभ

 जेठ २६, २०७७ सोमबार २१:२:५९ | विमल बिष्ट
unn.prixa.net

डोटी - क्वरेण्टीनमा आइतबार बिहान ज्यान गुमाएका डोटी केआइसिंह गाउँपालिका-३ दल्लका १९ वर्षीय युवक नरेशबहादुर ऐरको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै सोमबार साँझ उहाँको दाहसंस्कार गरिएको छ ।

क्वरेण्टीनमा रहेको बेला उहाँको मृत्यु भएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको थियो । 

मृतकसँगै बसेका अन्य ९ जनाको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मृतक र अन्य नौ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । आत्तिनुपर्ने अवस्था छैन ।’ कैलालीमा एक मात्र पीसीआर मेसिन रहेकोले परीक्षण हुन समय लागेको प्रमुख मलासीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया