कैलालीमा कारकाे ठक्करबाट २ जनाको ज्यान गयाे

 जेठ २८, २०७७ बुधबार ७:४२:१९ | रासस
unn.prixa.net

कैलाली – कैलालीमा कारको ठक्करबाट मङ्गलबार राति दुई जनाको ज्यान गएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा ४ च २१०० नम्बरकाे कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उहाँका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

कारको ठक्करबाट अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ का ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका १० का ४० वर्षीय जयचन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि कोहलपुर सिफारिस गरिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि उनीहरुलाई काठमाण्डाैकाे बीएनबी अस्पताल पठाइएको छ ।

ठक्कर दिएर फरार कार चालक बर्दगोरिया गाउँपालिका १ का राजेन्द्र मल्ललाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया