माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
बैशाख ११, २०८२ बिहिबार
काठमाण्डाै – नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा हिजो राष्ट्रपति पौडेलले पन्तलाई मन्त्री नियुक्त गर्नुभएको थियो । गएको सोमवार विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
सामुदायिक विद्यालयका शिक्षकहरु तीन हप्ताभन्दा धेरै समयदेखि आन्दोलनरत रहेको बेला पन्त शिक्षामन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ । शिक्षक आन्दोलनको समाधान खोज्दै विद्यालयमा शैक्षिक गतिविधि पूर्ववत् रुपमा सञ्चालन गर्नु नवनियुक्त शिक्षामन्त्री पन्तको मुख्य चुनौती रहेको छ ।
पन्त नेकपा एमालेका समानुपातिक सांसद हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।