एम्बुलेन्सबाटै गाँजाको व्यापार, ३ जना पक्राउ

 जेठ २८, २०७७ बुधबार १०:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – पर्सामा एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ना ४ च ८५९९ नम्बरकाे अल्पाइन मेडिकल कलेज शिक्षण अस्पताल सिमरा, बाराको एम्बुलेन्समा ५६ किलो गाँजा बोकेको अवस्थामा वीरगञ्ज महानगरपालिका २७ बाट तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा गाँजा ओसार्ने सर्लाहीको लालबन्दीका जीतबहादुर वाइवा र दिलबहादुर वाइवा र पर्साका हरिशंक महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पछिल्लाे समय लकडाउनकाे माैका छाेपेर एम्बुलेन्समा बिरामीकाे बाहनामा मान्छे ओसार्ने र अवैध सामग्री ओसारपसार भइरहेकाे छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया