खोटाङमा हातैले टिपेर फौजी किरा नियन्त्रण गरिँदै

 जेठ २८, २०७७ बुधबार १६:१९:४९ | दमन राई
unn.prixa.net

खोटाङ - जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–३ च्यास्मीटार दाल्फुका किसान मकैको बिरुवामा महामारीको रुपमा फैलिएको फौजी किरा टिपेर नियन्त्रणको प्रयासमा जुटेका छन् । कीटनाशक विषादी हाल्दा मानव स्वास्थ्यलाई जोखिम हुने र मकैबारीबाट निकालिने घाँसपात गाईवस्तुलाई खुवाउन पनि उत्तिकै जोखिमपूर्ण हुने भएकाले किसानले हातैले टिपेर किरा मार्ने विधि अपनाएका हुन् ।

किरा नियन्त्रणमा दाल्फुका केही किसानले विषादी प्रयोग गरेपनि अधिकांश किसानले मकैका प्रत्येक बोट ओल्टाइपल्टाई गरेर किरा झिक्ने गरेको दाल्फुका स्थानीय खबिराज राईले बताउनुभयो । मकैको बोटबाट निकालिएको किरा बटुकामा जम्मा गरेर कुखुरालाई  खुवाउने गरिएको छ । कतिपय किसानले राति राति बारीको डिलमा आगो बालेर किराका पुतलीलाई जलाएर मार्ने गरेका छन् ।

कतिपयले भने स्थानीय जैविक विषादी तयार पारेर किरा नियन्त्रणको प्रयास गरिरहेको राईले बताउनुभयो । दैनिक खोजी गर्दै मार्दा बिस्तारै किरा नियन्त्रणमा आइरहेको किसानहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया