डोटीका पहिलो कोरोना सङ्क्रमित उपचारपछि डिस्चार्ज

 जेठ २९, २०७७ बिहिबार १९:४१:४४ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीका पहिलो कोरोना सङ्क्रमित आज डिस्चार्ज भएर घर फर्किनुभएको छ ।

भारतबाट फर्किनुभएका डोटी शिखर नगरपालिका ३ का २५ वर्षीय युवक जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्डबाट डिस्चार्ज हुनुभएको हो । 

उहाँमा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि १५ दिन आइसोलेशन वार्डमा राखिएको हो । अहिले उहाँमा कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योति पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवकमा कुनै लक्षण नदेखिएपछि ‘आइसोलेसन व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका’ को बुँदा नम्बर २.३ (क) अनुसार डिस्चार्ज गरेका छौँ ।’

युवकमा यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । उहाँका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पीसीआर परीक्षण गरिएको थियो ।

उहाँका छोरा र श्रीमतीको नतिजा नेगेटिभ देखिएको थियो भने उहाँमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

छोरा र श्रीमतीमा दोस्रो पटक पनि परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया